काठमाडौँ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि तराईमा हुस्सु रहने सम्भावना रहेको छ। हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।











प्रतिक्रिया