रास्वपा र उनेपाबीच ७ बुँदे सहमति


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच ७ बुँदे सहमति भएको छ। सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो । सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ ।

उनीहरूबीच पटक-पटक संवाद हुँदै आए पनि सहमति हुन सकेको थिएन । तर लामाे समयसम्मकाे संवादपछि साेमबार साँझ उनीहरुबीच सहमति भएकाे हाे।

यसअघि रास्वपा र मेयर बालेनबीच पार्टी सभापतिमा रवि लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको थियो।