काठमाडौं ।
सरकारले गृह प्रशासनमा व्यापक सुधार गर्दै आइरहेका सचिव रामेश्वर दंगालाई ३ महिना भित्रै हटाएको छ । दंगालसहित ७ सचिवको सरुवा गरिएको छ । जेनजी आन्दोलनका क्रममा खरानी बनेको गृह मन्त्रालयमा व्यापक सुधार गर्दै गृह प्रशासनको मनोबल उच्च राख्न अहोरात्र खट्दै आइरहेका गृह सचिव रामेश्वर दंगालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । यसैगरी गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ ।
लोकसेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ ।श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाही उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी युवा मन्त्रालयका सचिव हरि लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । यसैगरी उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई युवा मन्त्रालयमा सरुवा गरिएको छ ।











प्रतिक्रिया