काठमाडौँ ।
राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एन।सि।सि। अल्मुनाई एशोसिएशन नेपाल को आठौँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ।
प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा आक्ष्तबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रप्रति समर्पित, अनुशासित, नैतिकवान्, इमानदार तथा कर्तव्यनिष्ठ नागरिक उत्पादनमा राष्ट्रिय सेवा दलले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। साथै, एन।सि।सि। अल्मुनाई एशोसिएशन नेपालसँग आबद्ध सदस्यहरूले समाज र राष्ट्रका लागि पुर्याउँदै आएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे।
कार्यक्रममा एन।सि।सि। अल्मुनाई एशोसिएशन नेपालका केन्द्रीय निर्देशक पवन कोइराला ले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक पूर्व उपरथी यामप्रसाद ढकालले धन्यवाद मन्तव्य राखे।

वार्षिकोत्सव कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, देशैभरका एन।सि।सि। अल्मुनाई एशोसिएशन नेपालका पदाधिकारीहरू, तालिमरत छात्ररछात्रा तथा प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा एन।सि।सि। क्याडेट छात्ररछात्राहरूले आकर्षक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।
वि.सं. २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्थाका रूपमा एन।सि।सि। अल्मुनाई एशोसिएशन नेपाल वि।सं। २०७५ मा स्थापना भएको हो। हाल देशका ७५ वटा जिल्लाहरूमा राष्ट्रिय सेवा दलद्वारा विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन्। राष्ट्रिय सेवा दलले वार्षिक रूपमा करिब ७ हजार ७ सय जनालाई तालिम प्रदान गर्दै आएको छ भने हालसम्म ८६ हजारभन्दा बढी छात्ररछात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
वार्षिकोत्सव कार्यक्रमले राष्ट्र निर्माणमा अनुशासन, नेतृत्व र सेवाभाव विकासमा राष्ट्रिय सेवा दल र एन।सि।सि। अल्मुनाई एशोसिएशन नेपालको भूमिकालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।











प्रतिक्रिया