निर्वाचन आचारसंहिता स्वीकृत


काठमाडौँ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ।

आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् । आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट र जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न सकिने आयाेगले जनाएकाे छ।

साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न आचारसंहिताले रोक लगाएको हाे।