रसुवा ।
रसुवागढी नाकामा रहेको मितेरी पुल गत असार २४ गते चीनतर्फको लेन्दे खोलामा आएको बाढीका कारण बगाएपछि केरूङमै रोकिएका गाडी तथा सामान आजदेखि नेपालतर्फ ल्याउन थालिएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको वेलिब्रिज करिब पाँच महिनामा सम्पन्न भएको हो। पुल पुस १३ गते औपचारिक रूपमा सञ्चालनमा आएपछि केरूङमा रोकिएका कन्टेनर लिन नेपाली चालकहरू चीनतर्फ प्रस्थान गरेका छन्।
हालका लागि सीमापार ढुवानीमा संलग्न रसुवाका प्रवेश पास प्राप्त सवारी चालक तथा केरूङमा व्यापार गर्दै आएका जिल्लावासीलाई मात्र चीनतर्फ प्रवेश अनुमति दिइएको अधिकारीले जानकारी दिए।
चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार जनवरी १, २०२६ देखि एकतर्फी पालैपालो प्रणालीमार्फत सवारी आवागमन सञ्चालन गरिनेछ। यद्यपि नाका सञ्चालनमा आए पनि तत्काल सबै प्रकारका सवारी साधन सञ्चालन नहुने सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।











प्रतिक्रिया