सौन्दर्य व्यवसाय र प्रशिक्षण क्षेत्रको अग्रणी संस्था फेसियल हाउसले राजधानीमा भव्यताका साथ १८ औं वार्षिकोत्सव मनाएको छ।
लोकप्रिय ब्युटिसियन सुष्मा महराद्वारा राजधानीसहित विभिन्न जिल्लामा सञ्चालित फेसियल हाउसले विभिन्न कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्नुका साथै मनोरञ्जनात्मक प्रस्तुतिका साथ विभिन्न कलाकर्मी तथा व्यवसायीको सहभागितामा १८औं वार्षिकोत्सव मनाएको हो।
विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विभिन्न शीर्षकमा उत्कृष्ट ३१ कर्मचारी, शाखा तथा उत्कृष्ट तीन विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो भने विभिन्न क्षेत्रका व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो। समारोहमा १० वर्षभन्दा धेरै सेवा पु¥याएको, संस्थागत समर्पण, निष्ठा र निरन्तरताको सम्मान गर्दै मञ्जु घिमिरेलाई ५० हजार रुपियाँ नगदसहित बेष्ट अनर अफ लोयाल्टी, डेडिकेशन एण्ड कन्टिन्युटी फर अ डेकेड अवार्ड प्रदान गरिएको छ।

यस्तै, राशी थापा (पोखरा ब्रान्च म्यानेजर), सुजन बुढाथोकी (चितवन ब्रान्च म्यानेजर), विगेन्द्र सिंह बल तामाङ (काठमाडौं ब्रान्च म्यानेजर), नमिना श्रेष्ठ (सौन्दर्य शिक्षक), सलुजा चौधरी (काठमाडौं ब्रान्च म्यानेजर), प्रभा थापा (चिफ एकाउन्टेन्ट अफिसर), उषा सापकोटा, सृष्टि मृङचिङ, सन्ध्या राना, पुनम घर्तीमगर, प्रमिला खाती, मनोज ठाकुर, लक्ष्मी थपलिया, कञ्चन साउद, अस्मिता थापा, कमल ठाकुर, जेनी तामाङ, इशा रानामगर, इन्दु तामाङ, गरिमा शाही, विकास थापामगर, गंगामाया श्रेष्ठ, धन थापा, विनिता पुराकोटी, विजयकुमार ठाकुर, मिना घर्ती श्रेष्ठ, झरना गुरुङ र अंकिता लामालाई अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा उपसभामुख रानामगरले सौन्दर्य व्यवसायी एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले १८ वर्षअघि सुरु गरेको संस्थाले महिलालाई आत्मनिर्भर बनाएर उदाहरणीय कार्य गरेको भन्दै उनको कामको सरहना गरिन्। उनले व्यवसायमैत्री कानुनको अभाव रहेकाले व्यवसायीलाई व्यवसाय संचालन गर्न चुनौती रहेको बताइन्।
सेलिब्रेटीहरूको समेत रोजाइमा पर्दै आएको फेसियल हाउसका संरक्षक उज्ज्वलजंग शाहले स्वागत मन्तव्य राख्दै देशमा राजनीतिक स्थिरता भए अझ धेरै गर्न सक्ने अवस्था रहेको बताए। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले १८ वर्षदेखि विभिन्न समस्यालाई चिर्दै हजारौं युवालाई रोजगारी दिनु उदाहरणीय कार्यका साथ सुष्माले तन्नेरी बनाउने कार्यलाई नेतृत्व प्रदान गरिरहेको बताए। नेपाल सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले सुष्मा निडर, आत्मबल भएकी साहसी महिला भएको जनाउ“दै यो यात्रामा विभिन्न हण्डर र ठक्कर खा“दै अहिलेको समयसम्म आइपुगेको देख्दा निकै खुसी लागेको बताइन्।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सुष्माले उत्कृष्ट पेसा अंगालेर कयौंलाई रोजगारी दिएको र प्रशिक्षणसमेत दिंदै आएको जनाउँदै नेपालमा स्पष्ट कानुनको अभावमा व्यवसायीले अगाडि बढ्न समस्या रहेको बताए। नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसको यो यात्रामा विभिन्न आरोह अवरोह झेल्दै आएको चर्चा गर्दै आगामी दिनमा अझै प्रगतिको कामना गरिन्। राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सुष्माले उद्यमशीलतामार्फत राज्यलाई योगदान दिएकोबारे चर्चा गरे। सञ्चारकर्मी उषा लोहनीले महिलाले संघर्षपूर्ण ढंगले व्यवसायलाई १८ वर्षसम्म निरन्तरता दिनु महत्वपूर्ण र चुनौतीको विषय भएको चर्चा गरिन्। ब्युटिसियन महराले सबैको साथले फेसियल हाउस सफलतातर्पm उन्मुख भइरहेको बताइन्।
राजधानीको सुन्धारास्थित काठमाडौं मलमा मूल शाखा रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबाहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरेको छ। उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका महत्वपूर्ण सहरमा शाखा सञ्चालन गरी सेवा प्रदान गरिरहेको छ।











प्रतिक्रिया