ख्यातिप्राप्त हास्यव्यङ्ग्यकार, गायक तथा संगीतकार मदनकृष्ण श्रेष्ठ आफ्नो नयाँ गीतका साथ दर्शकमाझ प्रस्तुत भएका छन्।
सधैं हास्यव्यङ्ग्यात्मक अभिनय तथा गीतद्वारा दर्शकलाई हसाउँदै आएका उनले यसपटक भने भावुक प्रकृतिको गीत दर्शकलाई पस्किएका छन्।
हरपल सम्झनामा अँइरहन्छौ तिमी बोलको उनको नवीनतम् गीतले एक प्रेमिकाको वियोगमा मनमा आएका भावना व्यक्त गरेको छ। सरला श्रेष्ठको शब्द रचना तथा राजनराज शिवाकोटीको संगीत रहेको गीतमा निर्मित भिडियोमा मदनकृष्ण आफैं फिचर्ड छन्। जसमा उनी कसैको वियोगमा तड्पिरहेको अवस्थामा देखिन्छन्।
कृष्णदेव रुपाखेतीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाकंन र मिन रावलको सम्पादन रहेको छ। भिडियो एसएस क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया