काठमाडौं।
नेपाल जनप्रशासन संघको २६ औं वार्षिक साधारण सभाले पुन मधुरमण आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
साधारण सभाले निवर्तमान अध्यक्ष कृष्णहरी बास्कोटा, उपाध्यक्षमा डा मीन बहादुर पौड्याल क्षेत्री, महासचिवमा डा दिलीपराज पौड्याल, सचिवमा सुवास शर्मा र कोषाध्यक्षमा रजनी रेग्मीलाई छनौट गरेको छ ।
यसैगरी संघको सदस्यहरुमा डा सुस्मिता आचार्य, मंजु कुमारी जैशी , राजेन्द्र अधिकारी, चन्द्रिका पण्डित, गोकर्णमणि दुवाडी, त्रिभुवन श्रेष्ठ, हिरा श्रेष्ठ तथा संस्थागत सदस्यहरुमा साल्ट ट्रेडिङ कर्पोरेशन, सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेस रहेका छन् ।
यसैगरी संघको सल्लाहकारमा डा दिनेश प्रसाद पन्त र मुकुन्द प्रसाद निरौला छनौट भएका छन् ।
जनप्रशासन संघले सो क्रममा शनिवार सुशासन सम्मेलनको आयोजना गरेको थियो । सो कार्यक्रममा द्वन्द्व विज्ञ डा विष्णुराज सुवेदीले नेपालको जेनजी युवा विद्रोह र उनीहरुको आकांक्ष अनुसारको सुशासन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्र माथि विभिन्न टिप्पणीहरु गरिएको थियो ।











प्रतिक्रिया