नेपाल रेडक्रस सोसाइटी सैबु उपशाखाको २८ औं साधारणसभा सम्पन्न


 ललितपुर ।

 नेपाल रेडक्रस सोसाइटी सैबु उपशाखाको २८ औं वार्षिक उपशाखा सभा र स्थापना दिवस  सम्पन्न भएको छ । ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काका प्रमुख आतिथ्यमा सम्पन्न उपसभामा उनले विपत् आइपर्दा साहारा बन्न सफल संस्थाको सफलताको शुभकामना दिएका थिए । 

 उनले  सैबु रेडक्रसको उन्नयनको लागि वडाले सधै सहयोग गरिरहने बचन दिए । भने–वडावासीको लागि अपरिहार्य बनेको यस संस्थालाई सबैको सहयोग आवश्यक छ । ०७२ सालको भुकम्प होस वा गतवर्षको बाढी पहिरोमा परेकाको उद्धर गर्न संस्थाले गरेको कामको प्रसंसा गरे । उनले रगत अभाव भैरहेको अवस्थामा सैबु रेडक्रसले निरन्तर सहयोग जारी राखेको बताए । 

  ललितपुर –२५का अध्यक्ष दौलत कुमार खत्रीले दुःखको सहारा बनेको यसक्षेत्रको समाजसेवी संस्था रेडक्रसलाई सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । उनले जग्गा अभावको कारण समस्या भोगिरहेको यस संस्थाको आफ्नै भवन निर्माण प्रकृया अघि बढाउन सक्दो सहयोग गर्ने बताए ।

 कार्यक्रममा सैबु उपशाखाका पुर्व सभापति नारायण खड्काले २८ वर्ष लामो इतिहास बोकेको यस संस्थालाई थप मजबुत बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए । पत्रकार ईश्वरराज ढकालले सैबु रेडक्रसले गरेको योगदानको  चर्चा गरे । 

 २०४९ सालमा सहयोग समितिबाट गठन भै २०५४ सालमा विधिवत् रुपमा सैबु उपशाखाको रुपमा स्थापना भएको बताए । भने–स्थापनानको गणना गर्दा ३३ वर्ष भयो होला , उपशाखाको रुपमा २८ वर्ष मनाउन पाउँदा खुसी लागेको छ । कार्यक्रममा उपशाखा कार्यसमिति सदस्य नवराज कुँबरले यस भेगका सयौको सारथी भनेको यस संस्थालाई थप मजबुत बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । उनले  दुईवटा वडा कार्यालय र स्थानीयको निरन्तर सहयोगले उपशाखाले २८ वर्ष पुरा गर्न सफल भएको बताए । कार्यक्रम सचिव दीवेश कार्कीले सञ्चालन गरेका थिए । 

उपसभामा  सचिव विदेश कुमार कार्कीले प्रगति प्रतिवेदन पेश गरेका थिए । उनका अनुसार चालु आर्थिक वर्षमा विश्व रेडक्रस दिवस, दशौ भुकम्प सुरक्षा दिवस, कृष्ण जन्माष्टमी, भोटोजात्रामा प्राथमिक उपचार शिविर संचालन गरेको  जानकारी दिए । त्यस्तै भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी दिवस, असार १७ गते ललितपुर जिल्ला शाखा स्थापना दिवसमा सहभागि भएको जानकारी दिए । 

 उहले स्थानीय रुपमा ऋषीपञ्चमीको दिन प्राथमिक स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिए । संस्थाले आवश्यकताको आधारमानिरन्तर रुपमा रक्तदान कार्यक्रम , प्राथमिक स्वास्थ्य उपचार तालिम सञ्चालन गरेको जानकारी दिए । उपशाखाले यो वर्षै डिसहोमको सहयोगमा रक्तदान शिबिर आयोजना गरेको थियो। उपसभामा सचिव कार्कीको प्रगति र कोषाध्यक्ष खगेन्द्र दाहालले प्रस्तुत गरेको  आर्थिक प्रतिवेदन पारित भएको थियो ।

  कार्यक्रममा बोल्दै अध्यक्ष सुरेन्द्र थापाले सबैको निरन्तर सहयोगबाट संस्थाले प्रगति हासिल गर्न सफल भएको बताए । उनले भने–उपशाखालाई मजबुत बनाउन वडा कार्यालय,कार्यसमिति, वडावासी सबैको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

 कार्यक्रममा अध्यक्ष थापाले ललितपुर महानगरपालिका १८ र २५ वडा कार्यालयलाई सम्मान गरेका थिए ।  १८ वडा अध्यक्ष दामोदर थापाले सैबु उपशाखाका कोषाध्यक्ष खगेन्द्र दाहाल, डिसहोमका प्रतिनिधि र सामाजसेवी एवं रोटरी क्लब अफ सैबु , भैसेपाटीका पुर्वअध्यक्ष, भैसेपाटी स्पोर्टस एकेडेमीका प्रमुख मिलन थापालगायत, करिब आधा दर्जन सहभागी थिए।