कटहरियास्थित डिस्टिलरीमा बोइलर विस्फोट: एकको मृत्यु, पाँच घाइते

2.07k
Shares

रौतहट। 

रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरीमा शुक्रवार बिहान बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन्। डिस्टिलरी परिसरमा रहेको बोइलर एक्कासि विस्फोट हुँदा घटनास्थलमा कटहरिया नगरपालिका -८ निवासी लक्ष्मण राय यादवको मृत्यु भएको हो। 

 अत्यन्तै शक्तिशाली विस्फोट भएकाले डिस्टिलरी भवन र आसपासको संरचनामा समेत क्षति पुगेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (सई) धर्मेन्द्र, उपरीक्षक रविन कार्कीले  घटनाको पुष्टि गरेका छन् ।