सहारा नेपालको २९ औँ वार्षिक साधारण सभा सम्पन्न 

752
Shares

उदयपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था उपइकाई कटारीको २९ औँ वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।

सभामा संस्थाको वार्षिक आय–ब्यय तथा शेयर सदस्यलाई प्रदान गर्दै आएको सेवा सम्बन्धी विषयमा दस्ताबेजमा उल्लेख प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

इकाई शाखाबाट उत्कृष्ट ऋण र बढी बचत गर्ने २ जना सदस्यलाई सम्मान गर्दै पुरस्कृत गरिएको थियो। उत्कृष्ट ऋणी राजकुमार दनुवार र बचत कर्ता शशि कला दनुवार लाई पुरस्कृत गरिएको कटारी शाखा प्रमुख चन्दुलाल विश्वासले बताए।

कटारी सेवा केन्द्र अन्तर्गत समूह नम्बर १९ की सदस्य कृष्णमाया सुनुवारको अध्यक्षतामा २९ औँ साधारण सभामा कटारीमा सम्पन्न भएको हो। 

ऋण उप समिति नारायण काफ्लेले नीति तथा कार्यक्रम पेस गरेका थिए भने अनुगमन अधिकृत मेनुका देवी सिवाकोटीले लेखा परीक्षण प्रतिवेदन वाचन गरेकी थिइन् । 

प्रमुख अतिथि गोमा कुमारी तामाङ , शाखा प्रमुख चन्दुलाल विश्वासले संस्थाको प्रगतिको अवस्थाको अधारमा देशकै उत्कृष्ट रुपमा सदस्यलाई सेवा प्रदान गरेको भन्दै आगमी दिनमा थप सुविधाका लागि शेयर सदस्य आफै सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए ।

संस्थाका सदस्य तथा कटारी नगरपालिका वडा नम्बर ८ सदस्य गोमा कुमारी तामाङको प्रमुख अतिथिमा सम्पन्न २९ औँ साधारण सभामा विमल दनुवारले स्वागत मन्तव्य राखेका थिए भने कटारी शाखाको समूह प्रवर्धक सुबोध कुमारी चौधरीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।