बेंसीशहर नगरसभामा उत्कृष्ट काम गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

0
Shares

लमजुङ। 

बेसीशहर नगरपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, निर्माण व्यवसायी र करदातालाई सम्मान गरेको छ । बेसीशहर नगरपालिकाको नगर सभाको १८ अधिवेशनमा उक्त व्यक्तिहरुलाई सम्मान गरिएको हो । 

पालिकाले नगरपालिका र वडा कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीतर्फ कृषि विकास शाखाका नायब प्राविधिक सहायक मिलन श्रेष्ठ, वडा कार्यालयतर्फ वडा नम्बर ७ का वडा सचिव तथा वरिष्ठ प्रशासन सहायक पूर्ण बहादुर भोलन सम्मानित सम्मान गरेको हो । 

 त्यसैगरी नगरपालिकाका कर्मचारीतर्फ योजना अनुगमन तथा मूल्याङ्कन शाखाका अधिकृत सातौँ शम्भु प्रसाद घिमिरे सम्मानित भएका छन् । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयतर्फ बाल कल्याण माध्यमिक विद्यालय भकुण्डेका प्रधानाध्यापक विष्णु प्रसाद बराललाई सम्मान प्रदान गरिएको छ । 

आर्थिक वर्ष २०८१-०८२ मा कार्य सम्पन्न गरेका उपभोक्ता समितिमध्ये रेडक्रस मेन सडक चोकदेखि आमा समूह भवनसम्म मोटर बाटो स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष बृष बहादुर गुरुङ सम्मानित भएको छ । सोही वर्षमा कार्य गर्ने निर्माण व्यवसायीमध्ये जी.टी. कन्स्ट्रक्सनका प्रोप्राइटर गणेश थापा सम्मानित भएका छन् ।

करदातातर्फ बेसीशहर–३ का कान्छा सफारी सप्लायर्स तथा ढुवानी सेवा प्रोप्राइटर बुद्धि प्रसाद घिमिरे, ताल बराही डेन्टल केयर सेन्टर प्रालिका प्रोप्राइटर ज्ञान बहादुर खत्री, अप्सा स्टोर्सका प्रोप्राइटर अलि मियाँ, ब्रदर्स स्टोर्सका प्रोप्राइटर हरि कुमार श्रेष्ठ र रोज नर्सरीका प्रोप्राइटर हुमा देवी गुरुङ सम्मानित भएका छन् ।

सम्मानित सबैलाई बुधबार सम्पन्न नगरसभामा नगदसहित सम्मान गरिएको नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले जानकारी दिए ।