बाजुरा।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टी बाजुराले सुदूरपश्चिम प्रदेश पूर्व आर्थिक मामिला तथा भौतिकयोजना मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश बहादुर शाहलाई सर्बसम्मत सिफारिस गरेको छ । नेपाली कम्युनिस्ट पार्टी जिल्ला कमिटी बाजुराले शुक्रवार दिउँसो सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि समेत रहेका नेता शाहलाई तपाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको एक महिना पुगेको छैन, कसरी सर्बसम्मत सिफारिस हुनुभयो ? भन्ने पत्रकारको जिज्ञाषामा नेता शाहले भने पार्टीमा सबैको योगदान र त्याग छ । जिल्ला स्थित सबै नेताहरुको ब्यापक छलफल पछि सुझवुझपुर्ण निर्णय भयो। मैले उक्त निर्णय स्वीकारें , मलाई लाग्छ प्रदेश सभासदस्य हुँदा मैले जिल्लावासीका लागि गरेको कामको मुल्यांकन गरेर नै संघीय साँसदका लागि पार्टीबाट एकल सिफारिस भएको हुनुपर्छ उनले भने ।
बाजुरा समृद्धी र राष्ट्रिय सवालमा तपाईँको के कस्ता एजेण्डा लिएर चुनावबी मैदानमा जानुहुन्छ भन्ने जिज्ञाषामा नेता शाहले भने राष्ट्रि«य अखण्डाताका सवाल लगायत बाजुरा जस्तो दुर्गम जिल्लाको प्रतिनिधि भइरहँदा यहाँको विकासका लागि प्रभाबकारी ढंगले लड्नु पर्ने छ । अस्तक्षेपकारी ढंगले अगाडी बढ्छु । बाजुरा पर्यटकीय केन्द्र खप्तड बडिमालिका ,रानीशैन ,बुढिनन्दा लगायतका संभावित क्षेत्रको पर्यटन प्रवद्धन गरी रोजगारीको शृजान गर्ने । जल जंगल पानी लगायत खनिज पदार्थको उत्खनन गरी स्वरोजगार बनाउने अनि आत्मनिर्भर बाजुरा बनाउन आत्मविश्वासका साथ अघि बढेको छु उनको भनाई थियो । निर्वाचनमा तपाईँको पार्टी एकल लड्छ वा चुनावी गठबन्धन हुन्छ ?भन्ने सन्दर्भमा उनले भने केन्द्रीय सर्कुलर जेआउँछ त्यहि अनुसार हुनेछ ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी जिल्ला कमिटी बाजुराले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ प्रकाश शाह, समानुपातिक तर्फका लागि पूर्व सांसद हिक्मतजंग शाही ,दलित महिलाबाट विनीता ओड, अपाङ्गताबाट सञ्जय कटेल, राष्ट्रिय सभा सदस्यका लागि अजवहादुर मल्लालाई सर्वसम्मत निर्णय भएको नेपाली कम्युनिस्ट पार्टीका सञ्चार विभाग प्रमुख अनिल शाहीले जानकारी दिए ।
राष्ट्रियताका सवालमा, मानव अधिकार सार्वभौमसत्ताको संरक्षण , सत्यनिरूपणताको पक्षमा हातेमालो गर्दै संसदीयमा भूमिकामा रहने छौँ , देशको स्थिरता र शान्तिको बाटोमा अगाडि बढाउन तोकिएको समयमा निर्वाचन हुनुपर्छ पत्रकार सम्मेलनमा उपस्थित नेताहरुको भनाई थियो । जिल्लास्थित क्रियाशील पत्रकारहरुको उपस्थितमा भएको सम्मेलनमा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं सुदुपश्चिम प्रदेश सभासद एवं पूर्व आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही , नेकपाका नेता एवं पूर्व आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक , साबिक नेकपा समाजवादीका अध्यक्ष पुराबहादुर रावत, साबिक नेकपा माओवादीकेन्द्रका अध्यक्ष देवीचन्द्र बुढा , नेतृ कमलकुमारी शाह लगायतको उपस्थती रहेको थियो । नेता प्रकाश शाह, हिक्मतजं शाही , अजवहादुर मल्ल,नेकपा एमालेबाट विद्रोह गरी नेपाली कम्युनिस्ट पार्टीमा गएका हुन् । यिनिहरुरको नेकपा एमालेमा बाजुरामा राम्रो पक्कड मानिन्थ्यो ।











प्रतिक्रिया