नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत


काठमाडौँ

सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।

उनका अनुसार बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ । उनले वैदेशिक रोजगारीको शिलशीलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताए । उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निदेशिका खारेज गर्ने निर्णय भएको पनि बताएका छन् ।

मन्त्री खरेलले विभिन्न ९ वटा स्थानहरुमा इलाका प्रशासन कार्यालयहरु स्थापना गर्ने निर्णय भएको पनि बताए।