नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ


काठमाडौँ।

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन्। शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।