काठमाडौँ।
नेपाली सेनाका पूर्वरथी एवं माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन्।
शर्माको शुक्रबार नै पद तथा गाेपनीयताकाे शपथग्रहण तय भएको राष्ट्रपति कार्यालयले जनाएकाे हाे।
प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन ।
माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र नभएर कोभिड संकटको समयमा सीसीएमसीमा समेत उनले काम गरेका थिए।











प्रतिक्रिया