आर्यन सिग्देलको बानी


अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म बानीको टिजर सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक टिजरमा आर्यन फरक अवतारमा देखिएका छन्। फिल्ममा आर्यनसंगै करुणा श्रेष्ठले पनि अभिनय गरेकी छन्। बानीमा नेपालको एक युवा र सिक्किमकी एक युवती बिचको वियोगान्त कथा प्रस्तुत गरिएको छ। भिडियोमा नेपालका युवा आर्यन हुन् भने उनको सिक्किमकी युवती करुणा श्रेष्ठस“ग प्रेम बस्छ। प्रेमपछि आउने उतारचढावलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ।

फिल्ममा दिनेश क्षेत्रीको शब्द रचना, संगीत र स्वर रहेको छ। भिडिओ कन्सेप्ट पनि दिनेशको छ भने संवाद दिनेशस“गै केशव भट्टराईले लेखेका छन्। भिडियोमा आर्यन र करुणासंगै सविन कट्टेल र सुस्मिता श्रेष्ठले पनि अभिनय गरेका छन्। उत्सव दाहालको छाया“कन रहेको भिडियोमा विकास दाहालले सम्पादन गरेका छन्। भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका छन्।