पारिवारिक र सामाजिक कथामा बनेको फिल्म आबाट आमाको जापान राइट्स बिक्री भएको छ। फिल्मलाई जापानमा फिल्म वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो। फिल्मका निर्देशक चन्द्र पन्तले जापान राइट्स प्रदर्शन बिक्री गरेको बताए। उनका अनुसार यस अघि नै अस्ट्रेलिया, न्युजील्याण्ड, युएई, कतार, बहराइन र इजरायललगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाद्वारा निर्मित फिल्मको गीत र टिजर रिलिजपछि अन्य देशमा पनि उच्च माग बढेको निर्माण पक्षले जनाएको छ। निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतले अभिनय गरेका छन्। करण सिंह रसाली कार्यकारी निर्माता रहेको फिल्ममा लेखन अभिमन्यू निरवी, संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्त, संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, कोरियोग्राफी गंभीर विष्ट र दिलीप ओखेडा तथा छाया“कन निर्देशन नवराज उप्रेतीको रहेको छ। फिल्म आगामी माघ १६ गते रिलिजमा आउनेछ।











प्रतिक्रिया