ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माको सशक्त अभिनय र नृत्य रहेको म्युजिक भिडियो हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
गीतकार तथा गायिकाद्वय सुशीला भुजेल र लक्ष्मी भुजेल महर्जनको पहिलो प्रस्तुति स्वरूप गयो गयो उमेर बाँचौं रमेर बोलको गीतमा अभिनेत्री शर्माले अभिनय र नृत्य गरेकी हुन्। ज्येष्ठ नागरिकप्रति समर्पित गीतले जीवनको जुनसुकै उमेरलाई सहज रूपमा स्वीकार गर्दै सकारात्मक ढंगले अघि बढ्नुपर्ने सन्देश दिएको छ।
लक्ष्मी महर्जनको स्वर रहेको गीतमा शब्द रचना सुशीला भुजेलको रहेको छ। सुशीला भुजेल र लक्ष्मी भुजेल महर्जनद्वारा निर्मित भिडियोमा कृष्णभक्त महर्जनको नृत्य निर्देशन तथा रवि सायमीको निर्देशन र सम्पादन रहेको छ। गीतको भिडियोमा कलाकारहरू एकआपसमा नाचगान गर्दै रमाइरहेको देखाइएको छ।
भिडियोमा मिथिला शर्मा, कृष्णभक्त महर्जन, अर्जुन रञ्जित, जितेन्द्रमान जोशी, न्हुच्छे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सविना महर्जन र उर्मिला जोशीसहित सिर्जना मानन्धर, लीला कट्टेल, जिविसनमान जोशी, बिनु जोशी, निरज अंशु प्रधान, चन्द्रमान श्रेष्ठ, रमेश श्रेष्ठ र राहुल थापाको अभिनय र नृत्य रहेको छ। भिडियोको अन्त्यमा अभिनेत्री मिथिला शर्मँले आफ्नो बढ्दो उमेरलाई सहज रूपमा लिंदै अघि बढिरहेको र सबैलाई आफ्नो उमेरलाई लिएर हा“सीखुसी बाँच्ने सन्देश दिन्छिन्। भवानी शिलाकारको छायांकन रहेको गीतको भिडियो ओएसआर डिजिटल युट्युबमा अपलोड गरिएको छ।











प्रतिक्रिया