त्रिविको ५१औं दीक्षान्त समारोह सम्पन्न


काठमाडौ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको दोहो¥याउनुभएको छ । उहाँले शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको जानकारी गराउँदै प्रम कुलपति हुने परम्परा अन्त्य गर्न लागेको र यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको बताउनुभयो ।

विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘राजनीतिबाट विश्वविद्यालयलाई अन्त्य गर्नुपर्छ ।’ नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकारवालाहरूले पर्याप्त ध्यान दिनुपर्ने उहाँको धारणा थियो ।

त्रिविको सुस्त गतिविधिप्रति आलोचना गर्दै उहाँले ‘परीक्षा लिइसकेपछि समयमा नतिजा मात्र प्रकाशन गरिदिए पनि हुन्थ्यो भन्ने विद्यार्थीहरूको भावना रहेको मैले पाएको छु । यो अवस्था किन आयो भनेर विश्वविद्यालय र यसका सरोकारवाला पक्ष सबैले गम्भीरतापूर्वक उत्तर खोजौँ’ भन्नुभयो ।

शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस पहल थालेका छौं । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।

उहाँले जहाँ रहे पनि जुन क्षेत्रमा काम गरे पनि मानवता, सामाजिक संवेदनशीलता र राष्ट्रप्रतिको दायित्वलाई हामीले कहिल्यै पनि बिर्सन नहुने बताउनुभयो । ‘तपाईंहरूको ज्ञान, श्रम र प्रतिबद्धताले नेपाल र विश्वको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पुु¥याउने छ भन्नेमा म पूर्ण विश्वस्त छु–उहाँको भनाइ थियो ।
समारोहमा समारोहमा प्रमुख अतिथि सन् २०१५ का भौतिक शास्त्रतर्फको नोबल पुरस्कार विजेता टोकियो विश्वविद्यालय जापानका प्राडा ताकाआकीले त्रिविले गरेको शैक्षिक उन्नतिको प्रशंसा गर्नुभयो । उहाँले एक्लैले कहिले पनि शैक्षिक प्रगति हासिल गर्न नसक्ने बताउँदै शिक्षक र अभिभावको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दीक्षित भएका विद्यार्थीहरूलाई आफूले पाएको ज्ञान र प्रविधिलाई चेतना, विश्वास, सद्भाव र समृद्धिसहित अर्थतन्त्र विकासको माध्यम गराई पछौटेपन, अशिक्षा र गरिबीविरुद्धको औजार बनाउन आग्रह गर्नुभयो ।

विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३११ विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रमुख अतिथि सन् २०१५ का भौतिक शास्त्रतर्फको नोबल पुरस्कार विजेता टोकियो विश्वविद्यालय जापानका प्राडा ताकाआकी काजिता, प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्की, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत शैक्षिक जगतका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका थिए । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका १६ हजार ३८० विद्यार्थी दीक्षित भएका थिए ।

उपकुलपति प्राडा दीपक अर्यालले आजका मुस्कानहरू साँचो खुशीका हुन्, आँसुहरू खुशीका आँसु हुन् । तपाईंहरूको योगदानको हामी सधैं सम्मान गर्दछौँ भन्नुभयो ।