उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५, ६ र ७मा जंगली हात्तीले सोमबार र बुधवार गरेर १२ वटा घरमा क्षति गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पुस ७ र ९ गते त्रियुगा नगरपालिका वडा नं ५ बेलचौरी, वडा नं ६ मोहनपुर र वडा नं ७ मा पर्ने चकलघाटस्थित जङ्गलबाट आएका जङ्गली हात्तीहरुको हुलले विभिन्न स्थानमा बस्ने स्थानीयहरुको घर तथा भान्साघर भत्काई अन्नपात, खानेपानीको पाइप समेत नष्ट गरी करिब १लाख४० हजार बराबरको क्षति पु¥याएको छ ।
जङ्गली हात्तीको समुहले त्रियुगा नगरपालिका वडा नं ५ बेलचौरी बस्ने वर्ष ३७ की रेवती सदाको करिब .१० हजार बराबरको, सोही स्थान बस्ने वर्ष ४१ को बृहस्पती सदाको ५, हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यसैगरी सोही स्थान बस्ने वर्ष ६४ को विजय सदाको २ हजार बराबरको, सोही घर भएका वर्ष ७७ को गणेश बहादुर बुढाथोकीको रु १०००।–बराबरको क्षति भएको छ । सोही स्थान बस्ने वर्ष ५० को रुद्र पोखरेलको ५हजार बराबरको सोही स्थान बस्ने वर्ष ४५ को विष्णु भुजेलको रु १,०००।– बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै सोही स्थान बस्ने वर्ष ४६ की मनकुमारी राईको रु ५० हजार बराबरको क्षति, त्रियुगा नगरपालिका वडा नं. ६ मोहनपुर बस्ने वर्ष ५५ की बिन्दा परियारको २०हजार बराबरको क्षति भएको छ । बुधवार ९ गते त्रियुगा नगरपालिका वडा नं. ७ चकलघाट बस्ने वर्ष ७८ की नर्बदा कार्कीको रु.८,०००।–बराबरको क्षति , सोही स्थान बस्ने वर्ष ४९ को मान बहादुर बि.क. को १२ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
अन्य क्षतीमा सोही स्थान बस्ने वर्ष ४३ को गंगा माया कार्कीको १० हजार बराबरको सोही ठाउँ बस्ने वर्ष ५२ को राजन कार्कीको रु १६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
तीनै स्थानमा आएका हात्तीहरुलाई नेपाल प्रहरी र स्थानीयबासीहरुको सहयोगमा बुधवार बिहान जङ्गलतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया