काठमाडौँ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह ललितपुरकाे ज्वागलस्थित कुमार बेनको घरबाट बाहिरिएका छन् ।उनी आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा १० घण्टासम्म बसेर केही बेरअघि बाहिरिएका हुन् ।
ज्वागलमा बस्ने क्रममा उनले नयाँ वैकल्पिक शक्ति निर्माणका लागि कुलमान घिसिङ, रवि लामिछाने, अमरेश सिंह, बाबुराम भट्टराईसहित दर्जनौँ व्यक्तिसँग बसेर छलफल गरे। तर, कसैसँग ठोस सहमति हुन सकेन । खासगरी कुलमान, रवि र बालेन तीनै भावी प्रधानमन्त्रीका रुपमा देखिएका छन् ।
दिनभरीको राजनितिक भेटघाट सकेपछि बालेन केही बेरअघि बाहिरिएका हुन् ।कुलमान र रवि लामिछानेसँग फेरि वार्ताको तयारी रहेपनि कहाँ र कहिले भन्ने तय नभएको बताइएको छ।











प्रतिक्रिया