काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौसममा आएको परिवर्तनसँगै तराई–मधेश क्षेत्रमा शीतलहर तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संयोजक दाहालले प्रभावित जनतालाई तत्काल सहयोग पुर्याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्य थाल्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग अपिल गरेका हुन्।
उनले प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत, उद्धारलगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
सम्बन्धित निकायहरूलाई समयमै प्रभावकारी कदम चाल्न आग्रह गर्दै संयोजक दाहालले जोखिममा परेका नागरिकहरूको जीवन र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्न समेत अपिल गरेका छन् ।











प्रतिक्रिया