काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
बिहीबार सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू उम्मेदवार नबन्ने निर्णयबारे झापास्थित क्षेत्रीय समितिलाई पहिले नै जानकारी गराइसकेको स्पष्ट पारे।
उनले लगातार तीन पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भइसकेकाले यसपटक उम्मेदवारी नदिने निर्णय गरेको बताए। गत निर्वाचनमा आफू आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै यसपटक भने देशभर पार्टीका उम्मेदवारहरूको समर्थन र प्रचारका लागि सक्रिय हुने जानकारी पनि दिए।
महामन्त्री शर्माले आगामी निर्वाचनमा कांग्रेसले अनुहार परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै बढीभन्दा बढी युवा र नयाँ नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड दिए ।











प्रतिक्रिया