रवि लामिछाने र बालेनबीच भेटवार्ता जारी


काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता जारी छ। कुपण्डोलस्थित कुमार बेनको निवासमा भइरहेको वार्तामा आगामी निर्वाचनका लागि सहकार्यका विषयमा छलफल केन्द्रित छ।

यसअघि मंगलबार राति करिब ६ घन्टा वार्ता भएको थियो। त्यसैको निरन्तरताका रुपमा आज फेरि वार्तामा जुटेका हुन्

छलफलमा रास्वपाका केन्द्रीय सदस्य असिम साह र मेयर साहका सहयोगी कुमार बेन सहभागी छन्।