काठमाडौँ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुँदैछ । मेयर बालेन साहका सल्लाहकार कुमार बेनको ललितपुरस्थित निवासमा आज अर्थपूर्ण भेटवार्ता हुने स्रोतले जनाएको छ ।
भेटमा मेयर बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र जेनजी अभियन्ता सुदन गरुङ सहभागी हुने बताइएको छ।
केही दिनअघि मात्रै बालेन र रविबीच भएको छलफलपछि रास्वपाबाट तत्काल ठोस निर्णय नआए पनि, पछिल्ला दिनमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको दबाब बढ्दै गएको छ।











प्रतिक्रिया