नेपाल चलचित्र निर्माता संघको केहीअघि सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्डले स्वागत गर्दै बधाई दिएको छ। बोर्डका तर्फबाट अध्यक्ष दिनेश डिसीले पदाधिकारीहरूलाई स्वागत गर्दै बधाई दिएका हुन्।
बोर्डको कार्यकक्षमा आयोजित कार्यक्रममा अध्यक्ष डिसीले संघको नेतृत्वमा निर्वाचित अध्यक्ष उदय सुब्बासहितका पदाधिकारीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए। उनले निर्माता संघको नयाँ नेतृत्वसँग सहकार्य गर्दै नेपाली फिल्म उद्योगको संस्थागत सुदृढीकरण, उत्पादन–वितरण प्रणालीको सुधार, पेशागत मर्यादा तथा पारदर्शिता कायम गर्न विकास बोर्ड प्रतिबद्ध रहेको बताए।
अध्यक्ष डिसीले चलचित्र विकास बोर्ड र निर्माता संघबीचको सहकार्यले नीतिगत सुधार, पूर्वाधार विकास, तालिम तथा अन्तर्राष्ट्रिय पहु“च विस्तारमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे। उनले नयाँ नेतृत्वसंगको समन्वयमा उद्योगमैत्री वातावरण निर्माण गर्दै नेपाली फिल्म क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप उचाइमा पु¥याउने लक्ष्यसहित बोर्ड अघि बढ्ने बताए।











प्रतिक्रिया