कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने


काठमाडौँ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुन: बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको उनले बताए ।

बैठकमा सहभागी नेताहरूले अन्य केही विषयमा थप टिप्पणी गर्ने काम भएको र यो क्रम भोलि पनि जारी रहने प्रवक्ता महतले बताए ।