काठमाडौँ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगमा बयानका लागि बोलाइएको विषयमा छलफल भएको छ।
बुधबार सानेपामा बसेको बैठकमा गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठन गरिएको आयोगले लेखकलाई बयानमा उपस्थित हुन पत्र पठाएको विषयमा चर्चा गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार बैठकमा सहभागी अधिकांश नेताहरूले लेखकले आयोगमा गएर बयान दिनु उचित हुने सुझाव दिएका छन्।
आयोगले औपचारिक रूपमा बयानका लागि पत्र पठाइसकेको र लेखक स्वयं पनि बयान दिन सकारात्मक रहेको बताइएको छ। तर, पार्टीभित्रकै केही नेताहरूका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले लेखकलाई बयानमा नजान दबाब दिइरहेको चर्चा समेत बैठकमा उठेको थियो।
उक्त विषयमा पार्टीले औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन।











प्रतिक्रिया