लन्डन, (एजेन्सी)
इन्डोनेसियाका जेडे प्रियान्दाना टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । २८ वर्षीय सिमरले क्याम्बोडियाविरुद्ध यो उपलब्धि हासिल गरेका हु्न् । यो खेल इन्डोनेसियाले ६० रनले जितेको थियो ।
प्रियान्दानाले एक ओभर मात्रै बलिङ गरेर ह्याट्रिकसहित ५ विकेट लिँदा केवल एक रन खर्चेका थिए । इन्डोनेसियाले १ सय ६८ रनको विजयी लक्ष्य दिएकोमा १५ औं ओभरसम्म क्याम्बोडिया ५ विकेटको क्षतिमा १ सय ६ स्कोरमा थियो । प्रियान्दानाले घातक बलिङ गरेपछि क्याम्बोडिया १ सय ७ रनमै समेटिएको थियो
प्रियान्दानाले शाह अबरार हुसेन, निर्मलजीत सिंह र चन्थोउन रथनाकलाई पहिलो तीन बलमा आउट गरेर ह्याट्रिक गरे । चौथो बल डट भयो भने यसपछि पाँचौं र छैटो बलमा क्रमशः मोन्गारा सोक र पेल भानाकलाई आउट गरेर उनले इतिहास रचिदिए । प्रियान्दानाले टी २० अन्तर्राष्ट्रिय करिअरमा ६३ खेल खेल्दै १ हजार ४० रन बनाएका छन् भने बलिङतर्फ २४ विकेट लिएका छन् ।
यो पहिलो पटक टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ५ विकेट लिने उपलब्धि हासिल भएको हो । टी २० अन्तर्राष्ट्रियमा एकै ओभरमा ४ विकेट लिएको कीर्तिमान चाहिँ छ ।
तर, घरेलु क्रिकेटमा भने एकै ओभरमा ५ विकेट लिएको उपलब्धि दुई पटक भएको छ । जसमा, ंगलादेशका अल अमिन होसेन र भारतमा अभिमन्यू मिथुनले एकै ओभरमा ५ विकेट लिएको उपलब्धि हासिल गरेका हुन् ।











प्रतिक्रिया