कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौँ।

नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।

१५ औं महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको हो ।

कांग्रेसको संस्थापन पक्ष आगामी माघ २ मा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुस २६ मा वडा अधिवेशन गर्नुपर्ने बताएका छन् ।

मंसिर १५ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।