काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित देशमा प्रमुख ३ राजनीतिक दल शीर्ष नेताहरुसँग आगामी निर्वाचनकाे बारेमा वातावरण बनाउनका लागि छलफल गरेका छन्।
छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएकाे हाे। राष्ट्रपति पाैडेलले प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेज पुष्पकमल दाहालसँग छलफल गरेका हुन्। राष्ट्रपति पाैडेलले उनीहरुसँग पुनः छलफल गर्ने भएका छन् ।
फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न मंगलबार बसेको बैठकमा भएको छलफल सकारात्मक भएपछि पुन: बैठक बस्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार मंगलबार बसेको बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउने समझदारी बनेको छ। छलफल सकारात्मक भएपछि पुनः बैठक बस्न लागेको हो।
बैठकमा कांग्रेसका सभापति देउवा र नेकपाका अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सरकारले नै निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । यद्यपी, नेकपाका संयोजक दाहालले अहिलेको अवस्थामा निर्वाचन नै निकासको उपयुक्त विकल्प भएको जिकिर गरे। उनले राष्ट्रपति पाैडेले गर्न सक्ने विकल्प यति नै भएकाले अब निर्वाचनमा जानु नै सही हुने तर्क गरेका छन् ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत रहेको बताइन् । उनले सबै राजनीतिक दललाई निर्वाचनका लागि तयार रहन र सहयोग गर्न आग्रह गरेकी छन् ।











प्रतिक्रिया