शीतल निवासमा प्रधानमन्त्री कार्की र ओलीसहित ३ शीर्ष नेताबीच भेटवार्ता जारी


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले देशका मुख्य राजनीतिक दलका ३ जना शीर्ष नेतासहित प्रधानमन्त्रीसँग छलफलमा गरिरहेका छन् । राष्ट्रपति पौडेलको पहलमा राष्ट्रपति कार्यालय शीतल निवासमा हाल प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष नेताबीच छलफल सुरु भएको हो।

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल सहभागी रहेका छन् । कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हो।

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् । अहिले राष्ट्रपति पाैडेलकाे पहलमा उनले प्रत्यक्ष संवाद गरिरहेकी छन् ।