७ दिनभित्र बयानमा उपस्थित हुन लेखकलाई जाँचबुझ आयोगको पत्र


काठमाडौँ।

जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

आयोगले लेखकलाई ७ दिन भित्र उपस्थित हुन आज मंगलबार पत्र पठाइएको हो । लेखकपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र पठाउने आयोगको तयारी छ।

गत भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए। तर त्यसदिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि साँझ उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

यसअघि जाँच बुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्यसचिव, गृहसचिव, काठमाडौँका सीडीओ लगायतसँग बयान लिएको थियो।