काठमाडौँ।
अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो ।
छलफलको एजेण्डाबारे राष्ट्रपतिले केही बताएका छैनन् । कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हुने भएकाे छ।











प्रतिक्रिया