काठमाडौं ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गरेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीेको एघारौँ संस्करण ११ औँ नेपाल इन्टेरियर एन्ड फर्निचर एक्स्पो सम्पन्न भएको छ ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू राखिएको थियो । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरू, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउन र यस क्षेत्रका नयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ११ वर्ष देखि आयोजना हुँदै आएको छ ।











प्रतिक्रिया