काठमाडौँ ।
नेकपा एमालेले ११ औँ महाधिवेशनको सन्देश देशभर प्रवाह गर्न आज सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ ।
पार्टीका महासचिव शङ्कर पोखरेलले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
बैठकमा महाधिवेशनबाट निर्वाचित नेतृत्व, कार्यभार र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिइनेछ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार प्रदेश र जिल्ला कमिटीका सबै सदस्यलाई जुम आइडी पठाइसकिएको छ ।











प्रतिक्रिया