किसुनजी स्मृतिमा विचार गोष्ठी आयोजना भोलि हुदै


काठमाडौँ।

सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको आयोजनामा किसुनजीको जीवन र व्यक्तित्व विषयक विचार गोष्ठी आयोजना हुने भएको छ।

गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहभागी हुनुहुनेछ।

कार्यक्रम ८ पौष २०८२ मंगलबार दिनको ठीक १२:३० बजे स्मार्ट प्यालेस, चावहिल, काठमाडौंमा सञ्चालन हुनेछ।