नारायणी हस्पिटलको आईपीओ निष्काशन गर्ने


काठमाडौं ।

चितवनको भरतपुरस्थित एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा हस्पिटलका सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । नियामक स्वीकृति प्राप्त भएलगत्तै आईपीओ निष्काशन हुने जनाइएको छ ।