पल शाह र अनिता गिरी अभिनित मर्छु हजुर बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। भिडियो सुनील दवाडी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
सुनील दवाडी प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई प्रस्तुत गरिएको छ। भिडियो एकअर्काबीचको मायामा गढेका युवायुवतीको कथामा छ। गीतको भिडियो कोरियोग्राफर तथा निर्देशक विक्रम चौहानले निर्देशन गरेका हुन्।
गायक धुव्र विक र गायिका मनिषा सुनारले गाएको गीतमा शब्द रचना र संगीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।











प्रतिक्रिया