स्टुडियो निर्माणका लागि ११ कम्पनी छनौट


चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियोका लागि आह्वान गरेको दोस्रो चरणको बोलपत्र प्रक्रियाअन्तर्गत ११ निर्माण कम्पनी प्राविधिक मूल्याङ्कनमा छनौट भएको जनाएको छ।

बोर्डका अनुसार प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीको आर्थिक प्रस्ताव पुस ७ गते सार्वजनिक रूपमा खोलिनेछ। नेपाली फिल्म उद्योगका लागि दीर्घकालीन पूर्वाधार विकास गर्ने उद्देश्यसहित अघि बढाइएको परियोजनाका लागि बोर्डले १६ करोड ४९ लाख ८७ हजार १ सय ९२ रुपिया“ लागत अनुमानसहित राष्ट्रिय प्रतिस्पर्धात्मक ई–बिडिङ प्रणालीमार्फत टेन्डर आह्वान गरेको थियो।

प्राप्त बोलपत्रहरूमध्ये आवश्यक योग्यता, अनुभव, प्राविधिक क्षमता, मानव स्रोत तथा वित्तीय विश्वसनीयताको आधारमा विस्तृत मूल्याङ्कन गरी ११ कम्पनी प्राविधिक चरणमा छनोट भएको बोर्डले जनाएको छ।

आर्थिक प्रस्तावको मूल्याकङ्नपछि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण कम्पनीस“ग सम्झौता गरी १ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्टुडियो सञ्चालनमा आएपछि सेट निर्माण, इन्डोर छाया“कन, मौसम–निरपेक्ष शुटिङ तथा आधुनिक प्राविधिक सुविधा स्वदेशमै उपलब्ध हुने अपेक्षा गरिएको छ।