देशभर आंशिक बदली, तराईमा हुस्सु–कुहिरोको असर


काठमाडौँ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ।

साथै हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।