मधेस प्रदेश सभाको सभामुखमा रामअशिष यादव निर्वाचित


काठमाडौँ।

मधेस प्रदेश सभाको सभाभुखमा जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्।

आइतबार बसेको प्रदेश सभा बैठकमा सात दलीय गठबन्धनबाट सभामुखमा उम्मेदवार बनेका यादवको पक्षमा ७२ जना प्रदेशसभा सदस्यले मतदान गरे भने २४ जनाले विपक्षमा मतदान गरका छन्। बैठकमा ९६ जना उपस्थित रहेका थिए।

सभामुखको ड्यासमा बसेकी उपसभामुख बबिता राउत ईशरले बहुमत सदस्यले वीरेन्द्र प्रसाद सिंहको प्रस्तावमा मतदान गरेकाले यादव सभामुखमा निर्वाचित भएको घोषणा गरे।

पहिलो प्रस्तावमै बहुमत सदस्यले पक्षमा मतदान गरेकाले दोस्रो उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने नभएको सदनलाई जानकारी गराए । नेकपा एमालेका त्रिलोकी प्रसादले पनि सभामुखमा उम्मेदवारी दिएका थिए ।