रवि लामिछानेलाई केन्द्रीय कार्यालयमा बाजागाजासहित स्वागत


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालयमा भव्य रूपमा स्वागत गरिएको छ। वनस्थलीस्थित कार्यालय परिसरमा उपस्थित पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले उनलाई बाजागाजासहित स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा उल्लेख्य संख्यामा कार्यकर्ता र समर्थकको सहभागिता रहेको थियो। स्वागतपछि आजै पार्टीको केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।