ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु


काठमाडौं ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, लेकुवामा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बारुद भरिरहेका बेला बन्दुक पड्किँदा २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो।

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारीपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।