टधारिलो हतियार प्रयोग गरी एकको हत्या

0
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ जोगीदहमा शनिबार बिहान २ बजे दाजुले आफ्रनै भाइलाई धारिलो खुकुरी प्रहार गरी घाइते बनाएकोमा जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शनिबार रातको ०२ः०० बजे त्रियुगा नपा वडा नं १ स्थितमा वर्ष ४३ को युवराज राईले आफ्नै भाइ वर्ष ३० को धर्मराज राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी गम्भीर घाईते बनाई घटनास्थलबाट फरार भएका थिए ।

निज घाईतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा बिहान०२ः५० बजे चिकित्सकले उपचारको क्रममा मृत्यू भएको जानकारी दिएका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा दाजुभाइ बिचमा वादविवाद हुँदा आफ्नै दाजुले धारिलो हतियार (खुकुरी) ले शरीरको विभिन्न स्थानमा प्रहार गरी दाजु युवराज राई फरार रहेकोमा प्रहरीले खोजतलास गर्ने क्रममा शनिबार साँझ त्रियुगा नगरपालिका वडा नं ४ बगाहामा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका छन ।

पक्राउ परेका युवराज राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर भाइको हत्याका बारेमा अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।