काठमाडौं ।
सडक विभागअन्तर्गत ठेक्का लिएर वर्षौंदेखि अलपत्र भएका सडक तथा पुल निर्माणसम्बन्धी ४३ वटा ठेक्का तोडिएका छन् । ती ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपियाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक जानकारी दिइएको हो ।
ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिले नै भएकाले हाल आएर समस्या नरहेको र यदि देखिएमा अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेन्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायहरूका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपियाँ बजेट विनियोजन गरिएका मध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपियाँ विनियोजन गरिएकामा हालसम्म ११ अर्ब ६४ लाख रुपियाँ मात्र खर्च भएको छ, जुन वार्षिक विनियोजनको ७.६७ प्रतिशत र त्रैमासिक विनियोजनको २४ प्रतिशत मात्र हो ।











प्रतिक्रिया