काटमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीले शनिवार काठमाडौंमा एकता सभा गर्दै शक्ति प्रदर्शन गरेको छ । सो कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी कुनै व्यक्ति वा समूहको पेवा नभएको बताउनुभएको छ ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले जेन–जीका नाममा स्टन्ट नगर्न चेतावनी दिनुभयो । ‘जेन–जी कसैको पेवा होइन । हामी जेन–जीका प्रतिनिधि भनेर कसैले स्टन्ट नगरे हुन्छ,’ उहाँले भन्नुभयो– ‘जेन–जीको असल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो ।’
प्रचण्डले गलत वा सही भन्ने कुरा विचार र एजेन्डाका आधारमा हुने जिकिर गर्नुभयो ।
जेन–जीलाई उमेरका कुरा गरेर अलमलमा नपार्न आग्रह गर्दै प्रचण्डले भन्नुभयो– ‘को गलत, को सही भन्ने एजेन्डा, विचारमा नर्भर हुन्छ, उमेरमा होइन ।’
समाजमा तीनै उमेर समूहका व्यक्ति आवश्यक हुने उहाँको भनाइ थियो । ‘कम्युनिस्टले भन्ने गर्छन् थ्री इन वान । युवा, प्रौढ र वृद्ध । सबैले मिलेर समाज बन्छ’ –उहाँले भन्नुभयो । जेन–जीको नाममा निर्वाचनको मिति नसार्न पनि प्रचण्डले आग्रह गर्नुभयो ।
अन्तरिम सरकार बनाउन सहजीकरण गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘सरकारले निर्वाचन सा¥यो भने चुप लागेर बस्ने छैनौंँ ।’











प्रतिक्रिया