काठमाडौँ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना छ।
आज दिउँसो र राति पनि देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा तापक्रम हल्का घट्न सक्ने र बिहानको समयमा हुस्सुका कारण जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया